साउदी राजकुमार सलमानले पूर्वजासूसलाई मार्ने योजना बनाएको खुलासा


एजेन्सी – साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानलाई एक पूर्व साउदी गुप्तचर अधिकारी मार्ने प्रयास गरेको आरोप लागेको छ ।

अमेरिकी अदालतमा दायर गरिएको रिटमा पत्रकार जमाल खाशोज्जीको हत्या भए लगत्तै साद अल जाबारीलाई मार्ने षडयन्त्र रचेको आरोप लगाइएको छ ।

साउदीका एक वरिष्ठ अधिकारी साद अल,जबारी तीन वर्ष अघि निर्वासनमा क्यानाडा भागेका थिए । त्यस पछि उनी टोरन्टोमा बसोबास गर्दै आएका छन् जहाँ उनले निजी सुरक्षाकर्मीहरूलाई भाडामा राखेका छन् ।

अदालतकाअनुसार टोरन्टोको पेयर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको राहदानी अनुसन्धान गर्ने अधिकारीहरूले क्यानाडा यात्रा गर्न चाहने हिट–स्क्वाण्डका व्यक्तिहरूलाई शंका गरेकोले उक्त आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement