कोरोना भाइरस संक्रमण :साउदीले लगायो ९ देश आवातजावतमा रोक

कोरोना भाइरस संक्रमण :साउदीले लगायो ९ देश आवातजावतमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदी अरेबियाले सोमबारबाट लागु हुने गरी ९ वटा देशसँग आवात जावतमा रोक लगाउँने भएको छ ।

प्रतिबन्ध लगाइएका देशमा युएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेवनान, इटाली, दक्षिण कोरिया र सिरिया रहेका छन्।
प्रतिबन्ध नलगाएका देशहरुबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय समेत गरेको छ।

युएई, बहराइन र कुवेत हुँदै साउदी जाने यात्रुले भने तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न पाउने छन्। उनीहरुलाई किङ खालिन इन्टरनेसनल एयरपोर्ट, किङ अब्दुलाजिज इन्टरनेसनल एयरपोर्ट र किङ फहाद इन्टरनेसनल एयरपोर्ट मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो।

त्यस्तै इजिप्ट हुँदै त्यहाँ जाने यात्रुले स्वास्थ्य परीक्षणको प्रमाण पत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था साउदीले गरेको छ।
आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको थियो। शिक्षामन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर अरु निर्णय गर्दै जाने बताए। कतारले भने नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ।