साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद – साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ।

साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।

गठबन्धनका प्रवक्ता तुर्की अल-माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशिया को हात रहेको छ। यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ। शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।