साउदी अरेबियाका युवराज पाकिस्तानपछि भारत भ्रमणमा :एयरपोर्टमा स्वागतका लागि पुगे मोदी


काठमाडौं – साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणका लागि भारत पुगेका छन् युवराज मोहम्मद बिन मंगलबार अबेर राति भारतको राजधानी दिल्ली पुगेका छन् ।

 युवराजलाई स्वागत गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थलमै पुगे । पाकिस्तानको भ्रमण सकेर क्राउन युवराज भारत आएका हुन् । पाकिस्तानमा उनले २० अर्ब डलरको लगानी सम्झौता गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि युवराजलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए ।  युवराज पाकिस्तानमा दुई दिन रहे ।

भारत प्रशासित कश्मीरको पुलवा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्छ । साउदी युवराज भारतलाई आफ्नो तेल अत्यधिक मात्रामा बेच्न चाहन्छन्  । बुधबार जब प्रधानमन्त्री नरेन्द्र मोदी र युवराज सलमानबीच वार्ता हुनेछ तब पुलुवा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।

सोमबार इस्लामाबादमा साउदी विदेशमन्त्री आदेल अल जुबैरले भनेका थिए, ‘हाम्रो उद्देश्य दुई देश, छिमेकी देशबीच तनाव कम गर्नु हो र शान्तीपूर्ण तरिकाले मतभेद हटाउने कुनै बाटो छ कि त्यसबारे चर्चा गरिनेछ ।’ पुलवा हमलाअघि साउदी राजकुमारको भ्रमणको मुख्य एजेन्डा भारतको तेलको बिक्रि र आर्थिक लगानी नै थियो । तर अब परिस्थिती बदलिएकाले राजनीतिक चर्चा पनि हुनेछ ।भारतले इरानबाट सबैभन्दा धेरै तेल खरिद गर्छ । साउदी अरब आफ्नो चीर प्रतिद्वन्द्वी इरानलाई यो मामलालाई पछि हटाउन चाहन्छ ।

यसअघि जब साउदी युवराज आइतबार पाकिस्तान पुगेका थिए तब त्यहाँ उनको भव्य स्वागत भएको थियो । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा गएको बिहीबार सुरक्षाकर्मीको गाडीमाथि भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको ज्यान गएको थियो । त्यसपछि भारत र पाकिस्तानबिचको सम्बन्धमा दरार आएका बेला साउदी क्राउन प्रिन्स एमबिएसले दुवै देशको भ्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement