एजेन्सी – यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । उक्त हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका छन् ।
शनिबारदेखि यहाँको मारिब प्रान्तमा सायदी सेनाले निरन्तर रुपमा कारबाही जारी राखेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अेरिबयाको सरकारी प्रेसले शनिबार जनाएको थियो । तर आइतबार यसमा बृद्धि भएको छ ।
सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टी गरेको जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ ।उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् ।




प्रतिक्रिया