साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार भएको भेटवार्तामा दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।

साउदी अरबको भ्रमणमा रहेका काधिमीले साउदीका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री समेत रहेका युवराज सल्मानसँग सुरक्षा सहयोग र सहकार्यका बारेमा पनि कुरा गरेको बताइएको छ ।

उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा छलफल गरेको दुवै देशका अधिकारीहरुले बताएका छन् । त्यसैगरी क्षेत्रीय सुरक्षा तथा स्थायीत्वका बारेमा दुवै जनाले विचार आदान प्रदान गरेका थिए ।

इरानका प्रधानमन्त्री काधिमी गत शनिबार साउदी आएका हुन् । आइतबार नै साउदी अरबको भ्रमण सकेर इरान फर्किएका छन ।