साउन महिनामा ब्रत बस्दा के खाने ? जान्नुहोस्


काठमाण्डु – साउन महिनालाई एक पवित्र महिनाको रुपमा मानिन्छ । धार्मिक हिसाबले साउन महिना धर्म, कर्म गर्ने विशेष महिना हो । यो महिनामा विशेषगरि महिलाहरुले भगवान शिवको आरधना गरि ब्रत बस्ने गर्छन् ।

यो महिनामा भगवान शिवको पुजा आरधना गरी आफुले चाहेको बर माग्ने परम्परागत रितिरिवाज छ । यो महिना भरी भगवान शिबको भक्ति गर्नेहरु र ब्रत बस्नेहरुलाई फलदायी हुन्छ भन्ने विश्वास पनि गरिन्छ ।

हिन्दु धर्म अनुसार यो महिनामा ब्रत बस्ने श्रदालु भक्तजनको भगवान शिबले मनोआकंक्षा पूरा गरिदिने बिश्वास छ । यो महिनाको हरेक सोेमबार शिव भगवानको पूजा गर्ने व्यक्तिको परिवारमा सुख र सम्वृद्धि प्राप्त हुने बिश्वास गरिएको छ ।

यो एक महिना धेरैले माछामासु खाँदैनन् । वैष्णवहरुको विशेष महिना भएकाले मासु खाँदैनन् । आयुर्वेदले पाचन शक्ति कम हुने महिना भनेको छ । चतुर्मास भर विष्णुको सहस्र नाम जपेर सात्विक भोजन गर्ने चलन छ ।

यो महिनामा ब्रत बस्दा आलू, दहि, फलफुलको जूस, दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । ब्रत बसेको शरिरलाई पानीको मात्रा बढी आवश्यक हुने भएकाले कागती पानी खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement