शौर्य सिमेन्टले गर्‍यो कन्ट्रयाक्टर मिट

शौर्य सिमेन्टले गर्‍यो कन्ट्रयाक्टर मिट


काठमाण्डु – शौर्य सिमेन्ट ई. लिमिटेड एवं स्काई होल्डिङ बिजनेस ग्रूप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट कार्यक्रम भएको छ ।

स्काई होल्डिङ ग्रूपका सल्लाहकार युवक राजभण्डारी सभापति रहेका कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्व मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल अतिथि थिए ।

शौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत र प्राविधिक प्रमुख दिवश देवकोटा एवं भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्रयाक्टरहरू उपस्थित भई भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामग्रीको छनौट, बिक्री वितरण, प्रविधिमैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड गरिएको थियो ।

कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवं शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यहरूको पनि जानकारी गरिएको थियो ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतद्वारा भक्तपुरका वासिन्दालाई शुपथ मूल्यका साथै सहज रूपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रूपसँग साझेदारी गरिएको जानकारी कार्यक्रममार्फत दिइएको थियो ।

कार्यक्रममा देशमा आर्थिक संकटका कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेका र उत्पादक कम्पनीद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीले राखेका थिए ।

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । शौर्य सिमेन्ट उद्योगको उत्पादन क्षमता ४५०० मेट्रिक टन छ । दैनिक रूपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादकमध्ये पर्छ ।

कम्पनीले ४३/५३ ग्रेड ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।