साउथह्याम्पटनका मुख्य प्रशिक्षक जोन्स बर्खास्त

साउथह्याम्पटनका मुख्य प्रशिक्षक जोन्स बर्खास्त


काठमाण्डु- प्रिमियर लिग क्लब साउथह्याम्पटनले मुख्य प्रशिक्षक नाथन जोन्सलाई बर्खास्त गरेको छ । जोन्सलाई साउथह्याम्पटनले तीन महिनामै आइतबार बर्खास्त गरिएको जनाएको छ ।

वेल्सका ४९ वर्षीय जोन्सले साउथह्याम्पटनसँग साढे ३ वर्षको सम्झौता गरेका थिए । नाथनको नेतृत्वमा साउथह्याम्पटनले १४ खेलमा ९ हार व्यहोरेको छ । यससिजन साउथह्याम्पटन २२ खेलमा १५ अंक जोडेर पुछारमा रहेको छ ।