शीर्ष नेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए: सभामुख घिमिरे

शीर्ष नेताहरुले संसदीय समिति सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाए: सभामुख घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरले संसदीय सभापति चयन गर्न प्रमुख तीन दलका शीर्षनेताहरुले प्रतिबद्धता जनाएको जानकारी दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरले संसदीय समिति सभापति चयन गर्ने विषयमा ध्यानाकर्षण गराएपछि तीन दलका शीर्षनेताहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय समितिका सभापति तत्कालै चयन गर्ने प्रतिबद्धता जनाएको बैठकपछि सभामुख घिमिरेले जानकारी दिए ।

‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान ९बजेट पारित भएकाले० समिति गठनतिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ,’ उनले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।’