सभामुखसहित तीन दलका शीर्ष नेताबीच छलफल

सभामुखसहित तीन दलका शीर्ष नेताबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ । संसदको गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरेका हुन् ।

सभामुख घिमिरेको सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलका प्रमुख सचेतक तथा सचेतक सहभागी छन् ।