काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन् ।
बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको मर्म अनुसार कानून निर्माण भएरनभएको निगरानी राख्ने काम गर्न पनि संसदीय समितिको भएको स्पष्ट पारे।
सभामुख महराले सरकारले आश्वासन अनुसार काम गरेरनगरेको निगरानी राख्ने काम गर्न संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको रहेको पनि बताए । उनले कानून निर्माणको काममा सरकारलाई आवश्यक सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन पनि दिए।




प्रतिक्रिया