सभामुखमा महरा पक्का


काठमाडौं- वाम गठबन्धनको सरकारमा पदको बाँडफाँडमा किचलो भइरहेको बेला सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा हुने पक्का भएको छ । अौपचारिक निर्णय नभएपनि स्रोतका अुनसार  नेकपा माओवादी केन्द्रले महरालाई अघि सार्ने निश्चित गरेको छ  ।

नेकपा एमाले र माअोवादी केन्द्रबिच सभामुख पद  माअोवादी केन्द्रलाई दिने सहमति अनुसार महरालाई अगाडि सारिएको स्रोतले बतायो ।

सभामुखमा कसलाई पठाउने भन्ने विषयमा बुधबार र बिहीबार माओवादीका शीर्ष नेताहरुबीच अनऔपचारिक छलफल भएको थियो । सहमति अनुसार अब महरालाई सभामुखको उम्मेदवार बनाइनेछ । र आज बिहिवार वा भोली शुक्रबारसम्म संसदमा नयाँ सभामुखको रुपमा महरालाई देख्न सकिने सम्भावना बढेर गएको छ ।

संसद सचिवालयले शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरेको छ।

शुक्रबार साढे १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर शनिबार १ बजे संसदमा सभामुख चयनका लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement