काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको बारे सूचना टाँस गरी जानकारी गराएको छ ।
सचिवालयका सचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै सभामुख कृष्ण महराले विभिन्न सञ्चार माध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाएको आरोपको सत्यतथ्य र निष्पक्ष र स्वतन्त्र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरिएको छ ।
सभामुखको राजीनामा पछि प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना जारी गरेको उल्लेख गरिएको छ । महराले आफूमाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन र निष्कक्ष छानबिनका लागि भन्दै मंगलबार नै राजीनामा दिएका छन् ।





प्रतिक्रिया