काठमाडौं – चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायवादी चरित्र देखाएको आरोप लगाएका छन्।
सभापति देउवाले शुक्रबार कांग्रेसको अवरोधकाबीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेका हुन्। ‘चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा सरकारले अधिनायवादी चरित्र देखायो’, विधेयक पारित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘यस विरुद्ध सदन र सडकबाट संघर्ष गर्छौं।’
उनले जबरजस्ती विधेयक पारित गराएर सभामुख कृष्णबहादुर महराले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे। ‘निष्पक्ष भूमिकामा रहनुपर्ने सभामुखले जबरजस्ती विधेयक पारित गराउन लाग्नु भो’, उनले भने, ‘उहाँले आफ्नो पदीय मर्यादा कायम गर्न सक्नुभएन।’
सभापति देउवाले आफूहरुको विरोधका बीच विधेयक पारित गराएको र आफ्ना नेताहरुको नाममा स्थापना गरिएको अस्पताल खारेज गर्ने तयारी गरेको भन्दै त्यसको विरोध आन्दोलनमा जानुको विकल्प नभएको दोहो¥याए।




प्रतिक्रिया