आरजु मन्त्री भएपछि रिक्त कृषि समितिको सभापति कुसुम थापामगर बन्‍ने

आरजु मन्त्री भएपछि रिक्त कृषि समितिको सभापति कुसुम थापामगर बन्‍ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा परराष्ट्रमनत्री बनेपछि रिक्त प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति चयन प्रक्रिया अगाडि बढेको छ ।

सभापति चयन गर्ने कार्यतालिका सार्वजनिक भएपछि समिति सदस्य रहेकी नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दिएकी छन् ।

सोमबार थापाले उम्मेदवारी दर्तामा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक छन् ।

रुकुम पूर्वकी थापा कांग्रेसमा महामन्त्री गगन थापा निकट सांसद् भनेर चिनिन्छिन् । समितिको सभापतिमा अर्को उम्मेदवारी नपरेमा उनी सर्वसम्मत सभापति चयन हुने छिन् ।

समितिमा कांग्रेस र एमाले मिलेपछि बहुमत हुने भएकाले निर्वाचन भए पनि उनी सभापतिमा निर्वाचित हुने निश्चितजस्तै छ ।