काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताएका छन् ।
प्रतिनिधीसभाको बैठकमा शनिबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भुमि भएकाले त्यो भुमि नेपालमा समेट्नु जायज र स्वभाविक भएको बताए । उनले राष्ट्रिय एजेण्डाको विषय भएकाले सबै दलहरुले साथ दिएको बताए ।
सीमाका विषयमा काली नदी नै सीमा रेखा स्पष्ट उल्लेख भएको भन्दै उनले आफ्नो भुमि समेट्नु नेपालको स्वभाविक कार्य भएको बताए । उनले भने, ‘काली नदि पुर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट छ । नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको समेत बताए।




प्रतिक्रिया