आजदेखि कुन–कुन सवारी साधन एक जिल्लाबाट अर्को जिल्ला जान पाउँछन् ?

आजदेखि कुन–कुन सवारी साधन एक जिल्लाबाट अर्को जिल्ला जान पाउँछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजदेखि देशभर सवारी पास वितरण बन्द गरिएको छ । बुधबार गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

देशभर कोभिड–१९ कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गर्न भन्दै ७७ वटै जिल्ला प्रमुखलाई पत्र पठाएको हो ।

अर्को निर्णय नहुँदासम्म एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू बाहेक अरू गाडीहरू एक जिल्लाबाट अर्को जिल्ला जान पाउने छैनन् ।