टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राइड सेयरिङ संस्था टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले भट्टलाई बिहीबार राति पक्राउ गरेको हो ।

भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोप छ।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । नेपालमा राइड सेयरिङ भित्र्याउने टुटल पहिलो कम्पनी हो ।