सरकारले विद्यार्थीको दिवा खाजा खोसेकोप्रति संसद्मै गुनासो


काठमाण्डु – सरकारले विद्यार्थीको दिवा खाजा खोसेकोप्रति संसद्मै गुनासो सुनिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले विद्यार्थीको दिवा खाजा रोकिएकोप्रति आपत्ति जनाएका छन् ।

सांसद यादवले दिवा खाजा रोकेर सरकारले बालबालिकामाथि अपराध गरिरहेको आरोप लगाए ।

उनले भने, ‘धनुषाको सामुदायिक विद्यालयमा दिवा खाजा रोक्का गरिएको छ, गरीबका विद्यार्थीले पाउँदै आएको दिवा खाजा रोकिएकाले उनीहरू भोकभोकै परेका छन्, यो दिवा खाजा तुरून्त खुवाउन सुरू गरियोस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement