जनकपुरमा निजी विद्यालय सञ्चालकद्वारा प्रदर्शन

जनकपुरमा निजी विद्यालय सञ्चालकद्वारा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – निजी विद्यालय सञ्चालकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरूले सोमबार जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धी केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरूको संगठन प्याब्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

शान्तिपूर्ण विरोध जुलुस जनकपुरधामको विभिन्न चोक हुँदै मधेश प्रदेशसभा अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै सञ्चालकहरूले निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधानप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ऐन नसच्याए निरन्तर विरोध गरिरहने चेतावनी समेत दिएका छन् ।