माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलास्थित बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

विद्यार्थीहरूको शैक्षिक सिकाइलाई थप प्रभावकारी, गुणस्तरीय तथा व्यावहारिक बनाउने उद्देश्यले बैंकले विद्यालयलाई खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको हो ।

सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न तथा विद्यार्थीहरूको अध्ययन, सिर्जनशीलता र सीप विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको बैंकको धनगढी शाखा प्रबन्धक शिवराज पाठकले जानकारी दिए । बैंकका प्रदेश प्रमुख विष्णु लामिछानेले बैंकले शिक्षा क्षेत्रमा सहयोग गर्न पाउनु सकारात्मक रहेको बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।