स्कुल पुगेर फर्किए विद्यार्थी

स्कुल पुगेर फर्किए विद्यार्थी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निजी विद्यालय बन्द गराएको छ ।

शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण शैक्षिक संस्थाहरू बन्द भएका छन्।

धेरैजसो निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । तर कतिपयले खबर नगर्दा स्कुल पुगेका बालबालिका फर्किएका छन्।

सरकारी शैक्षिक संस्थामा भने धेरैजसो बर्खे बिदा भएका कारण बन्द नै छन्। केही शैक्षिक संस्था बन्द हुँदा केही भने खुलेका छन् ।

निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित एकदिने आम शैक्षिक हडताल घोषणा गरेको क्रान्तिकारीले जनाएको छ।

निःशुल्क शिक्षा, शिक्षामा भइरहेको निजीकरणको अन्त्य र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत माग राखेर क्रान्तिकारीले विद्यालय बन्द गराएको हो ।

संविधानअनुरूप हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार रहेको क्रान्तिकारीले बताएको छ । प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।