उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज (शुक्रबार) काठमाडौं, भक्तपुर, ललितपुरसहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन ।

अनेरास्ववियु क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता गिरफ्तार गरिएका काठमाडौं उपत्यकाका तीन जिल्लासहित उल्लिखित ११ जिल्लामा आज शुक्रबार एक दिनका लागि शैक्षिक हड्ताल गरिएको बताएको छ ।

आफ्ना कार्यकर्ताको रिहाइ माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगुमा शैक्षिक हड्ताल आह्वान गरेको हो ।

शैक्षिक हड्तालका कारण यी ११ जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि लाखौं विद्यार्थी अध्ययनबाट वञ्चित भएका छन् ।