स्कूल विभागमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित

स्कूल विभागमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्कूल विभाग नेतृत्वको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई दिने भन्नेबारे विवाद सुल्झाउन नसकेपछि (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।  आयोग र विभागको टुंगो लगाउन आज (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने भनिएको बैठक विभागमा कुरा नमिलेपछि स्थगित भएको भएको हो । ‘अर्को बैठक यही साउन ९ गते बस्ने सहमति भएको छ ।’

नेकपाका ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीको भागमा १४ विभाग परेका छन्। पूर्व एमालेले विदेश विभागमा माधवकुमार नेपाल र संगठन विभागमा वामदेव गौतको नाम टुंग्याइसको छ। विभागमा भागबण्डा टुंगिए पनि कुन विभाग कसले लिने भन्ने नटुंगिँदा विवाद शुरु भएको हो।

एकताको झण्डै १४ महिनापछि असारको अन्तिम साता यता पार्टी एकताले पूर्णता पाउने संकेत देखा परेपनि पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएको स्कूल विभागको नेतृत्वका लागि पूर्व एमाले र माओवादीको आआफ्नै दाबी कायमै रहेपछि बैठक नै स्थगित गर्नु पर्ने अवस्था आएको हो ।

सोमबार त्यसै विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले करिव तीन घण्टा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेपछि बैठक नै स्थगित गर्ने निर्णय गरेका थिए ।