विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न बोलाइएको बैठकमा कुटाकुट (भिडियाे)


काठमाण्डु – रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा झडप भएको छ ।

आइतबार रौतहटको माधवनारायन नगरपालिकामा रहेको श्री माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेे विषयमा झडप भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्न बोलाइएको बैठकमा अभिभावक र प्रधानाध्यापकबीच विवाद भएको थियो ।

विवादले उग्र रुप लिएपछि झडप भएको गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement