एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारलाई निर्देशन

एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदको शिक्षा तथा स्वास्थ्य समितिले समयमै पाठ्यपुस्तक विद्यार्थीको पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिइन् ।

जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेको छ । सबैजसो विद्यार्थीहरुले अझै पुस्तक पाउन सकेका छैनन् । जसले गर्दा उनीहरुको पढाइ प्रभावित भएको छ ।