कैलाली – नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय नेताको घरमा राखिएको स्कारपियो गाडी अज्ञात समूहले आगजनी गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा सोमबार राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए। पार्टी एकीकरण पनि उनी जिम्मेवारीविहीन रहेको प्रहरीले जनाएको छ।
अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ।




प्रतिक्रिया