एजेन्सी – कोरोना भाइरसको लकडाउन चलिरहेको समयमा आफ्नो दोस्रो घर सम्म दुई पटक आवज जावत गरेकी स्कटल्यान्डकी प्रमुख स्वास्थ्य अधिकारीले राजीनामा दिएकी छन् ।
क्याथरिन कालडेरवुडले आफ्नो कदमप्रति माफी समेत मागेकी छिन् । उनलाई मन्त्री निकोला स्टुरजनको समर्थन रहेको थियो । उनले कालडेरवुडले गल्ती गरेको तर पदमा रहिरहनका लागि भनेका थिए ।
डा. काल्डेरवुडले आइतबार पछि विज्ञप्ति निकाल्दै आफू पदबाट हटेको बताएकी थिइन् । मन्त्रीसँग कुराकानी गरेपछि आफूले पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।
आफ्नो कदमले महामारीप्रतिको सजगताका लागि बनाइएको सामाजिक दूरीमा जोखिम उत्पन्न भएको उनले स्वीकार गरेकी छन् । स्कटिस सनले उनको तस्बीर प्रकाशित गरेपछि कालडेरवुडलाई सुरुमा प्रहरी चेतावनी जारी गरिएको थियो ।
उनले सर्वसाधारणलाई कोरोनाबााट जोगिनका लागि घरमै बस्नका लागि टिभी र रेडियोबाट समेच बोलेकी थिइन् ।




प्रतिक्रिया