भारतले इन्डोनेसियाबाट नेपाली विद्यार्थीलाई उद्धार गर्यो

भारतले इन्डोनेसियाबाट नेपाली विद्यार्थीलाई उद्धार गर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इन्डोनेसियाबाट एक नेपाली विद्यार्थीलाई उद्धार गरेको छ । भारतले चितवन रत्ननगर–९ की शेविका ढकाललाई उद्धार गरेको हो ।

भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो ।

ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणमा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले इन्डोनेसियाबाट आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू फर्किन पाएको बताएकी छन् ।

उनले यस्तो कठिन परिस्थितिमा हिम्मत हार्न नहुने बताएकी छन् । ‘हिम्मत नै तपाईको साथी हो । त्यही भएर म फर्किन पाएँ । मेरो हिम्मत भारतीय दूतावास बन्यो । म भारतीय सरकार र नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु,’ भिडियोमा उनले भनेकी छन् ।