आजै राजीनामा दिने धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको तयारी

आजै राजीनामा दिने धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने भएका छन्। उनले अर्थसचिवलाई फोन गरेर आफूले राजीनामा दिन लागेको जानकारी दिइसकेको स्रोतले जनाएको छ। श्रेष्ठले आजै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन्।

श्रेष्ठले शुक्रबार साँझ ५:३० बजे बस्ने बोर्ड बैठकमा पनि राजीनामाबारे जानकारी दिन लागेका छन्।

नयाँ सरकार बनेसँगै सरकारलाई सहयोग गर्ने उद्देश्यले उनले राजीनमा दिन लागेका हुन ।

श्रेष्ठ २०८१ मंसिर १० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो।

बिचौलिया व्यापारी दीपक भट्टसँग निकट सम्बन्ध रहेको आरोप लाग्दै आएपछि श्रेष्ठ सुरुदेखि नै आलोचित थिए। यद्यपि, पछिल्लो समय भट्टसँग सम्बन्धित प्रकरणमा उनले छानबिन तीव्र रूपमा अघि बढाएका थिए।

श्रेष्ठ धितोपत्र बोर्डमा नियुक्त हुनुअघि नेपाल एक्सप्रेस फाइनान्स र स्वाभिमान लघुवित्तको अध्यक्ष समेत रहेका थिए।