सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टचारी ठहर पोखरेल मृत फेला

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टचारी ठहर पोखरेल मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुरक्षा मुद्रण केन्द्रले गरेको सक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचारी ठहर भएका एक इञ्जिनियर मृत फेला परेका छन् ।

बिहिबार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार आफ्नै घरमा फुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर, भक्तपुरले घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने बताएको छ ।

प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ । भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी अजय केसीले केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै पोखरेलको शवको पोष्टमार्टम गरिसकिएको छ । परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव थिए ।

विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनसहित पोखरेललगायतलाई दोषी ठहर गरेको थियो ।

उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो । इन्जिनियर पोखरेललाई विशेष अदालतले ६ महिना कैद र ५ करोड ८४ लाख जरिवाना सुनाएको थियो ।

पोखरेल दोषी देखिएपछि गत वर्ष निलम्बनमा परेका थिए। यो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।