गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक सुरु


काठमाण्डु – प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र राजावादीका गतिविधिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक गृहमन्त्रालयमा सुरु भएको हो ।

बैठकमा विप्लव समूहका गतिविधी र पछिल्लो समय राजसंस्थाको पक्षमा देखिएको प्रदर्शनबारे समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको छ । मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार चन्द समूहले हत्या गरेपछि त्रास छाएको छ ।

त्यस्तै राजतन्त्रको माग गर्दै प्रदर्शन पनि बढेको छ । गणतन्त्रका विरूद्ध तथा राजतन्त्रका पक्षमा प्रदर्शन भएपछि प्रधानमन्त्री ओलीले मंगलबार नै सर्वदलीय बैठक पनि आह्वान गरेका थिए ।

चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ । बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement