सुरक्षा परिषदको बैठक : ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

सुरक्षा परिषदको बैठक : ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला आवश्यक सुरक्षा प्रदान गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । बिहीबार बसेको सुरक्षा परिषदको बैठकले निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।

‘निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा नीतिले सहयोग पुर्‍याउँछ । सुरक्षा नीतिअनुरूप निर्वाचन सम्पन्न गर्न सजिलो हुन्छ । त्यसैले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

त्यस्तै बैठकमा शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको उनले बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेला आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।