काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत दुई विषयमा एनजी भएका विद्यार्थीले परीक्षा दिन पाउने भएका छन् ।
एसईईको नतिजामा दुई विषयमा एनजी (फेल) भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउने भएका हुन् । आज सार्वजनिक भएको एसईईको नतिजामा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।




प्रतिक्रिया