एसईई पूरक परिक्षाको समय तालिका सार्वजनिक, दुई दिनमात्र परिक्षा हुने

एसईई पूरक परिक्षाको समय तालिका सार्वजनिक, दुई दिनमात्र परिक्षा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

गत साल २०७५ चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो ।

परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार यस वर्ष उक्त पूरक परीक्षा दुई दिन (आगामी साउन २६ र २७ गते) मात्र सञ्चालन गरिने परिक्षा बोर्डले जनाएको छ ।

जसअनुसार एक विषयमा मात्र परीक्षार्थीहरूका लागि साउन २६ गते आइतबार पूरक परीक्षा सञ्चालन गरिनेछ भने २७ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि (दोस्रो ठूलो कोड नम्बरको विषय) परीक्षा सञ्चालन हुनेछ ।