काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने घोषणा गरेको छ । एसईई परीक्षा चैत ६ गते अर्थात भोलीदेखि तोकिएको थियो । सरकारले अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरसको संक्रमणका कारण भोलिबाट सुरु हुने परीक्षा स्थगित भएको हो । रोकथाम तथा नियमन्त्रण उच्च स्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । अर्को निर्णय नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको सरकारले बताएको छ ।
सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यालय बन्द गर्न पटकपटक माग गर्दै आइरहेको थियो ।




प्रतिक्रिया