यसरी हेर्न सकिन्छ एसईईको नतिजा

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा यसै हप्ताभित्र प्रकाशित हुने भएको छ । एसईईको नतिजा यो हप्ताभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो ।

यता एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८-७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको जनाइएको छ ।

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।