एसईईमा कुन जीपीए ल्याउने कति? (सूचीसहित)

एसईईमा कुन जीपीए ल्याउने कति? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । बिहीबार बोर्डको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो ।

आज सार्वजनिक भएको नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ छ। त्यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ छ भने २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ छ। त्यस्तै, २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख २ हजार २९३ छ।

दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा:

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconnectplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducationportal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।