स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै

स्वास्थ्यकर्मीकै उपस्थितिमा एसइई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत छ गते (बिहीबार) बाट सुरु हुँदै छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षा अगामी चैत १७ गते सकिने छ ।

परीक्षालाई मर्यादित व्यबस्थित तरिकाले सञ्चालन गर्न आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएका छन् । सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था सहित स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाइएको छ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुृरक्षाकर्मी परिचालन गरिने छन् ।

रङ्गेली समाचारदाताका अनुसार मोरङका प्रत्येक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरी परीक्षा अवधिभर विज्ञ स्वास्थ्यकर्मी समेत परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि ७० केन्द्र तोकिएका छन् ।

कुनै विद्यार्थीमा स्वास्थ्य समस्या देखिए आइसोलेसन कक्षमा राखेर परीक्षामा सामेल गराईने छ । परीक्षामा सामेल हुन नसक्ने अवस्था आए तत्काल अस्पताल पु¥याउने प्रबन्धसहित परीक्षा केन्द्रहरुमा व्यवस्थापन मिलाइएको हो ।