काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियां राष्ट्रपति सी चिनफिङबीच दोस्रो शिखर अनौपचारिक भेटवार्ता हुने भएको छ । भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियां राष्ट्रपति सीबीच असोज २५ मा बनारसमा भेटवार्ता हुने निश्चित भएको हो ।
बनारस प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र हो। गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो। सोही भेटमा दुई नेताबीच भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा अनौपचारिक शिखर वार्ता गर्न कुरा भएको थियो। पहिलो अनौपचारिक शिखर वार्ता गत वर्ष चीनको उहानमा भएको थियो।
गंगा नदीमा नौकविहार गर्दै दुवै नेताबीच अनौपचारिक वार्ता हुने सम्भावना छ। सो अवसरमा आयोजना गरिने अन्य कार्यक्रमहरूलाइ अन्तिम रुप भने दिइएको छैन। दुवै देशका सरकार प्रमुखले गंगामा नौकविहार गर्ने संभावना भने प्रवल छ। चीनको उहानमा पनि दुवैले नेताहरुले गत वर्ष इस्ट लेकमा डेढ घण्टा नौकबिहार गरेका थिए। दोक्लाम सीमामा उत्पन्न तनाब उहान अनौपचारिक शिखर सम्मेलनपछि मथ्थर भएको थियो।
अगस्टमा बेइजिङमा हुने जनता जनताको सम्बन्ध तथा सांस्कृतिक आदान प्रदानसम्बन्धी दुवै देशबीचको संयन्त्रको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुँदैछन्। त्यतिबेला उनले चिनियाँ समकक्षीसँग सीको बनारस यात्राबारे विस्तृत छलफल गर्नेछन्। कीर्गिजस्तानको बिस्केकमा भएको संघाई कोअपरेसन अर्गनाइजेसन(एससिओ)को बैठकको क्रममा सी र मोदीबीच भएको भेटपछि दुवै देश सम्बन्धलाई नयाँ रुपमा अघि बढाउन अनौपचारिक शिखर सम्मेलनका लागि तयार भएका हुन् ।




प्रतिक्रिया