सिक्किममा हत्या गरी भाग्दै गरेका शरद सुब्बा पक्राउ

सिक्किममा हत्या गरी भाग्दै गरेका शरद सुब्बा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिक्किम प्रहरीले हत्याको आरोपमा नेपाली शरद सुब्बालाई शुक्रबार मध्यराती पक्राउ गरेको छ। सिक्किमको पूर्वी जिल्ला सिरवानी निवासी शरण सुब्बालाई खुकुरीले प्रहार गरी हत्याको आरोपमा उनलाई सिङताम प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार राती करिब ८ बजे सामान्य समामान्य वावविवादले उग्र रूप लिंदा नेपाल निवासी शरद सुब्बाले सिक्किम निवासी शरण सुब्बाको हत्या गरेका हुन्। हत्यापछि भागिरहेको अवस्थामा उनलाई शुक्रबार अबेर राती पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हत्या आरोपी सुब्बा घटनाको समय रक्सीले मातेका थिए। सुब्बाविरुद्ध प्रहरीले भारतीय दण्ड संहिताको धारा ३०२ अन्र्तगत मुद्दा दर्ता गरेको छ। एक महिनाअघि मात्र नेपालबाट सिक्किम आएका सुब्बाले स्थानीय एक घरमा काम गर्दै आएका थिए।