‘काँटा लगा गर्ल’ शेफाली जरीवाला रहिनन्

‘काँटा लगा गर्ल’ शेफाली जरीवाला रहिनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।

शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन्। गएराति अचानक उनले छाती दुख्ने गुनासो गरिन्। उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै उनलाई मृत घोषित गरे।

यद्यपि, अभिनेत्रीको मृत्युको बारेमा थप जानकारी र परिवारबाट आधिकारिक बयान आएको छैन । ‘काँटा लगा गर्ल’ भनेर चिनिने शेफाली ४२ वर्षकी थिइन्। एकताकाको बहुचर्चित गीत काँटा लगामा अभिनय तथा नृत्य गरेर उनी दर्शकमाझ लोकप्रिय भएकी थिइन् ।

उनले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’मा काम गरेकी थिइन्।

विक्की लालवानीको पोस्ट उद्धृत गर्दै विरल बयानीले शेफालीलाई उनका श्रीमान् र अन्य तीन जनाले बेल्लेभ्यू मल्टिस्पेशलिटी अस्पताल लगेको बताए। अस्पतालका एक कर्मचारीले अस्पताल पुग्नुअघि नै शेफालीको मृत्यु भएको खबर पुष्टि गरेका छन्।