काठमाडाैं—नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भीमप्रसाद गौतम चयन भएका छन्।
सेजनको शनिबार काठमाडौंमा भएको २०औँ साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ। यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन्।
अधिवेशनको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए।




प्रतिक्रिया