विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीचको विवाद उत्कर्षमा पुगेको छ । सभापति देउवाले नेता कोइरालालाई भित्र जे पनि गर्ने तर बाहिर बढि बोल्दै हिड्ने गरेको आरोप लगाएका थिए । जवाफमा सोमबार नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट निर्देशित भएको आरोप लगाएका छन् ।
कोइराला परिवारका नेताहरु शशांक, शेखर र सुजाताले देउवाको आलोचना गरेपछि देउवाले विराटनगर नै पुगेर कांग्रेस कोइराला परिवारको बपौती नभएको बताएका थिए । नेता शेखरलाई देउवाको संस्कार नभएको भन्दै सच्चिन आग्रह गरे ।
विराटनगरमा आयोजित कार्यक्रममा सोमबार कोइरालाले भने ‘ पार्टी सभापतिले गैरजिम्मेवार भएर अभिव्यक्ति दिए यो राम्रो संस्कार होईन, पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन । ’ उनले पार्टी नेतृत्वले निर्धारित समयमै महाधिवेशन गर्नेमा शंका लागेको बताए ।
कांग्रेस नेता कोइरालाले वर्तमान सरकार शान्तिसुरक्षालाई दिन असफल भएको आरोप लगाए ।




प्रतिक्रिया