ओलीलाई शेखरले सोधे-अध्यादेश किन चाहियो ?

ओलीलाई शेखरले सोधे-अध्यादेश किन चाहियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक सुधारको लागि एमालेसँग मिलेको भएपनि अहिलेसम्म त्यस्तो अनुभुति गर्न नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले कांग्रेसको तर्फबाट सरकारमा भएकाहरूले सहकार्य गरेपनि बाहिर रहेकाले प्रतिस्पर्धा गर्न नछाड्ने भन्दै सरकाप्रति तीन असहमति व्यक्ति गरे ।

काठमाण्डुमा शनिबार आयोजित कार्यक्रममा उनले दुई दलबीच भएको सहमति कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको बताए ।

पहिलो असहमति व्यक्ति गर्दै कोइरालाले भने, ‘अहिले कुलमानको इस्युमा सरकार अघि बढेको छ । अस्ति पनि बोर्डको बैठकमा कुलमाजी र मन्त्रीजीको कुरा मिलेन । अर्बौँको बक्यौँताको कुरा छ । अहिले ऋण लिएर देश चलिरहेको छ सरकार भन्छ तिमी अहिले बक्यौंता नलेऊ, बक्यौँता लिएन भने देश चल्छ कसरी? लिने हो कि होइन ।’

उनको दोस्रो असहमति छ–उपसभामुख इन्दिरा रानाको हटाउने विषयमा । ‘राणको कमीकमजोरी छैन भन्दिनँ । तर, यस्तो कमीकमजोरी पनि होइन, कि उहाँले पदबाटै हटाइदिनुपर्छ । के कारणले पदबाट हटाउनु पर्छ ? नेपाली कांग्रेसको उपसभामुख छैन भनेर हटाइदिने ?

तेस्रो असहमति जनाउँदै कोइरालाले भने,‘अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ । अहिले किन चाहियो ? राम्ररी काम गरेर अघि बढ्नु नि । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर के गर्नु खोज्नुभएको छ ? किन चाहियो ? संसद छैन। संसद भएको भए त्यहाँ ल्याएर छलफल गरेको भएपनि हुन्थ्यो । यस्ता इस्युहरूले हामीलाई चिन्तित तुल्याइरहेको छ । सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने लाग्छ । हामीले सरकारलाई गतत बाटोमा हिँड्न खोज्दैछौं भनेर सचेत गराइराख्नुपर्छ ।

उनले चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिलेदेखि नै एक्लै लड्ने तयारी गरेर जानुपर्ने जोड दिए ।