काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न सबै पक्षलाई आग्रह गरेका छन्।
संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको भन्दै कोइरालाले बुधबार बाराको सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो, ‘काइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौं, निर्वाचनको बातावरण नबिगारौं।’





प्रतिक्रिया