काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक पार्टी कार्यालयमै राख्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै डा. कोइरालाले पार्टी कार्यालयमा बस्न नसकेर सभापति निवासमा बैठक बस्नु परेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
उनले धर्नामा बसेकाहरु आफ्नै पार्टी नेता कार्यकर्ता भएको उल्लेख गर्दै धर्नालाई देखाएर बैठक बाहिर राख्नु उचित नहुने बताएका हुन् । क्रियाशील सदस्यता वितरणमा मनपरी भएको भन्दा वारा जिल्लाका नेताकार्यकर्ता पार्टी कार्यलयमा धर्नामा बसेका छन् ।
क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडो टुंग्याउनुपर्ने बताउदै विषेश महाधिवेशन र म्याद थप्ने कुरा स्वीकार्य नहुने बताए । साथै उनले सरकार सञ्चालनमा ध्यान दिन सभापति देउवालाई आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया