पार्टी विभाजनपछि शेखर समूह जुट्यो छलफलमा

पार्टी विभाजनपछि शेखर समूह जुट्यो छलफलमा


काठमाण्डु – नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएपछि नेता शेखर कोइलाला आन्तरिक छलफलमा जुटेका छन् ।

नेता शेखर कोइरालाले आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाएका छन्।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि शेरबहादुर देउवा समूह र शेखर समूह विरोधमा छन्।

निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा समूह सर्वोच्च अदालत जाँदा शेखर समूहले भेला बोलाएको हो।

भेलामा पार्टी विभाजनपछि उत्पन्न पछिल्लो परिस्थिति र आगामी निर्वाचनमा कसरी जाने विषयमा छलफल हुनेछ ।

कोइराला निकट स्रोतका अनुसार छलफल आइतबार १ बजे बत्तिसपुतलीस्थित अनुपम् फुडल्यान्डमा बोलाइएको छ । देउवा समूह सर्वोच्च अदालत जाँदा शेखर समूहका नेताहरू गएका थिएनन् । तर सर्वोच्चमा दिएको रिटमा शेखर पक्षका केन्द्रीय सदस्यको पनि हस्ताक्षर छ।