पौडेल पक्षबाट सभापतिमा शेखर र उपसभापतिमा महेश आचार्यको उम्मेदवारी

पौडेल पक्षबाट सभापतिमा शेखर र उपसभापतिमा महेश आचार्यको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई उम्मेदवार बनाएको छ ।

पौडेल पक्षको शनिबार बसेको बैठकले पार्टीको जारी १४औं महाधिवेशन अन्तर्गत चुनावमा कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

यस्तै उक्त समूहले उपसभापतिका लागि महेश आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा घोषणा गरेको छ । महामन्त्री पदमा भने गगन थापाको उम्मेदवारी पक्का भएको छ ।

 संस्थापनइतर पक्ष सभापतिमा साझा उम्मेदवार तय गर्न असफल भएपछि कोइराला र नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिन लागेका छन् । वरिष्ठ नेता पौडेलले भने आफू सभापतिको उम्मेदवार नबन्ने बताइसकेका छन्।

नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरेका छन् ।